२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
गोमादेविका आफन्तको गुनासो : ३ बर्ष बितिसक्दा पनि क्षतिपुर्ति पाउन सकिएन


कोहलपुर/सवारी दुर्घटनामा ज्यान गुमाएकी कोहलपुर १० कि गोमादेवि शाहीका घर-परिवारले करिब ३ वर्ष बिति सक्दा पनि क्षतिपुर्ति वाफतको रकम अझै पाउन नसकेको गुनासो गरेका छन् । २०७५ कातिक ८ गते कोहलपुरको बिद्युतरोड चोक नजिक श्रीमानले चलाएको मोटर साईकललाई भे १ च १६७२ नम्बरको भ्यानले ठक्कर दिँदा शाहीको घटना स्थलमै ज्यान गएको थियो । मोटर साइकल चालक उनका श्रीमान अंजिर बहादुर शाही घाइते भएका थिए । उनको खुट्टामा गंभीर चोट लागे पछि लामो समय उपचार गर्नु परेको थियो ।
शाहीका परिवारले तेश्रो पक्षिय विमा वाफतको ५ लाख र औषधि उपचारको १ लाख गरी ६ लाख पाउने सहमति इलाका प्रहरी कार्यालयको रोहबरमा गरेको भए पनि स्थानिय प्रहरी प्रशासनको असहयोगका कारण पाउनु पर्ने क्षतिपुर्ति वाफतको २ लाख ३० हजार नपाएको गुनासो मृतकका श्रीमान अंजिर बहादुर शाहीले गरे । गाडी मालिक तथा चालक रमेश दहितले दुर्घटना भएको लामो समय बितिसक्दा पनि आलटाल गर्दै सम्पर्क बिहिन भएको बताउँदै शाहीले भने यस विषयमा पटक पटक प्रहरी प्रशासनलाई हारगुहार गर्दा पनि सुनुवाई भएको छैन ।

भ्यानको ठक्करबाट ज्यान गुमाएकि गोमादेविका श्रीमान अंजिर बहादुर शाही गुनासो पोख्दै
मोटरसाइकलमा पछाडी बसेकि श्रीमति गुमाएको पिडा बोकेका उनका श्रीमान अंजिरले कानुनले व्यवस्था गरेको राहत वफतको क्षतिपुर्ति दिलाउनमा प्रहरीले खासै सहयोग नगरेको बताए । क्षतिपुर्ति वाफतको १ लाख ३० हजार र औषधि उपचारको १ लाख गरि २ लाख ३० हजार अझै नपाएको घरपरिवारको गुनासो छ । ३ लाख ७० हजार पनि किस्ता किस्तामा पाएको उनिहरुको गुनासो छ । भ्यानको ठक्करबाट घाईते अंजिरले खुट्टाको अझै उपचार गरिरहेका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३(१)क,(२) र (६) बमोजिम क्षतिपुर्ति वाफतको रकम पाउने ग्यारेन्टि कानुनमा भए पनि कार्यान्वयन गर्ने निकाएको असहयोग कै कारण समस्या भैरहेको अंजिरको भनाई छ । बर्दिया राजापुर ५ घर भएका सवारी धनि दहित सम्पर्कमा नआउने र पटक पटक झुकाउने गरेकाले उनलाई झिकाई दिन इलाका प्रहरी कार्यालय कोहलपुरलाई आग्रह गर्दा पत्तालागाएर खबर गर्नुहोस हामि समात्छौ भन्दै प्रहरीले टार्ने गरेको गुनासो गरे ।
मृतक गोमादेवि शाही नेपाल मजदुर किसान पार्टीकि केन्द्रिय सदस्य तथा कोहलपुर क्षेत्रको सामाजिक अभियान्ता थिइन ।

Nabintech