१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दाङ : एक वर्षमा विभिन्न विपदबाट ४९ को मृत्यु, करिब ११ करोड क्षति

४१ बढी वडा बाढी-पहिरोको जोखिममा



दाङ/जिल्लामा गत आर्थिक वर्ष २०७७ सालमा विभिन्न विपद्का घटनाहरूमा परेर ४९ जनाको मृत्यु भएको थियो, भने २६ जना घाइते भएका थिए।

जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्र दाङका अनुसार १४ जना महिला र ३५ जना पुरुषको मृत्यु भएको हो। जिल्लामा सबैभन्दा बढी पानीमा डुबेर ९ पोखरी, कुवा, खाडल० २४ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको केन्द्रले जनाएको छ।

त्यस्तै, आगलागीबाट २ जना, करेन्ट लागेर ६ जना, सर्पदंशबाट ५ जनाको मृत्यु भएको केन्द्रका संयोजक विश्वमणि आर्यालले जानकारी दिए। त्यसैगरी, पहिरोमा परी २ जना, खोलाले बगाएर ५ जनाको मृत्यु भएको उनले बताए।

त्यस्तै, जिल्लामा गत वर्ष भारी वर्षाका कारण १५३ वटा घरमा पूर्ण रुपमा क्षति भएको थियो, भने ४५ वटा घरमा आंशिक क्षति भएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार विपद्का कारण ९७० परिवारहरू विस्थापित भएका थिए। त्यस्तै, आगलागी, भारी वर्षा चट्याङलगायतबाट १० करोड ८९ लाख ७३ हजार ४२० रुपैयाँको क्षति भएको संयोजक अर्यालले जानकारी दिए। त्यस्तै, विपद्का कारण ३५ वटा पशुचौपाया मरेका थिए।

४१ बढी वडा बाढी-पहिरोको जोखिममा

जिल्लाका १० स्थानीय तहका एक सय वडाहरू मध्य ४१ वटाभन्दा बढी वडाहरू बाढी र पहिरोको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ। जिल्ला विपद् पूर्व(तयारी तथा प्रतिकार्य योजनामा ३५ वटा वडा बाढी र ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ।

तीमध्ये तुलसीपुर उपमहानगरपालिकाका धेरै वडाहरू रहेका छन्। तुलसीपुरका १, २, ३, ४, ५, ७, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ बबई नदीमा आउने बाढीको उच्च जोखिममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

त्यस्तै, राजपुर, गढवा र राप्ती गाउँपालिकाका वडा नम्बर १ देखी ७ सम्म र लमही नगरपालिकाका २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा राप्ती नदीको बाढीबाट उच्च जोखिममा रहेका छन्। त्यसैगरी, घोराहीका ३, ५, ८, ९, ११, १२, त्यसैगरी, दंगिशरण गाउँपालिकाको वडा नम्बर १, २, बबईका १, ७ र शान्तिनगरका ५, ६ र ७ पनि बबई नदिको उच्च जोखिममा रहेको छ।

त्यसैगरी जिल्लामा पहिरोको उच्च जोखिममा ६ वटा वडाहरू परेका छन्। बङ्गलाचुली ३, ४, ५ ६, शान्तिनगरका १ र ३ वडा पहिरोको उच्च जोखिममा छन्। त्यस्तै बबईका २, ३ र बङ्गलाचुली १, २, ८ र राप्ती गाउँपालिकाकाको ९ पहिरोको मध्यम जोखिममा रहेको केन्द्रले जनाको छ।

Nabintech