११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर ११ को एकतानगर कटानको उच्च जोखिममा


कोहलपुर/कोहलपुर नगरपालिका वडा नं ११ को ढल सहि तरिकाले व्यवस्थापन नगर्दा कोहलपुर ११ कै सिंगो एकता नगर बस्ती जोखिममा परेको छ ।
कोहलपुर ११ बजार क्षेत्रको ढललाई व्यवस्थीत पक्की नाला बनाएर डुडुवा नालमा जोडनु पर्नेमा त्यसो नहुँदा बर्षातको पानीले कटान गर्दै बस्ती सम्म आई पुग्न लागेको स्थानियले बताएका छन । कटानका कारण कोहलपुर १० , ११ र कोहलपुर १३ को सिम्री बिचको सडक सम्पर्क तोडीएको छ ।
कटान बढदै गएमा सिम्री जोडने डुडुवा नालाको पक्की पुल समेत जोखिममा पर्ने उनिहरुको भनाई छ । स्थानियका अनुसार कोहलपुर ११ मा शव दाहका लागि छुटाईएको जमिन र बधशालाका लागि छुटाईएको जमिन समेत कटान हुने जोखिममा परेको छ ।
बजार क्षेत्रको ढलको सहि निकास नहुँदा केहि दिन देखि परेको अबिरल पानीले झण्डै ३ सय मिटर जमिन कटान गदै बस्ती नजिक पुगेको माओवादी केन्द्रका नेता समेत रहेका स्थानिय बल बहादुर खडका अबिरलले जानकारी दिए । सो कटानका कारण कोहलपुर नगरपालिका र नगर बिकास समितीले बर्षेनी करोडै रुपैया लगाएर डुडुवा नालमा लागएको तटबन्ध समेत भत्काई दिएको खडकाले जानकारी दिए ।
तटबन्ध निर्माण गर्दा बजारको ढलबाट आउने पानी लाई ध्यान नदिने र बजारको ढल व्यवस्थीत तरिकाले पक्की नाला बनाएर डुडुवा नाल सम्म नलगेकै कारण समस्या पैदा भएको खडकाको भनाई छ । खडकाले कटान रोक्नका लागि वडा सरकार र कोहलपुर नगरपालिकाले आपतकालिन योजन बनाएर काम गर्न माग गरे ।तत्काल उचित योजना बनाएर काम नगरे ५ बिगाह बढि क्षेत्रफल बगरमा परिणत हुने र एकता नगर बस्ती जोखिममा पर्ने नयाँकोर्सलाई बताए । कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले डुडुवा नालाको कटान रोक्नका लागि पहल भई रहेको बताए । ठुलो बजेट आवश्यक पर्ने भएकाले कोहलपुर नगरपालिका अन्तर्गत बिपत व्यवस्थापन समितीले काम गर्ने तयारी भई रहेको जानकारी दिए ।

Nabintech