१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दाङ-सल्यान सडकमा पहिरो, दुईवटा गाडीमा क्षति


सल्यान / अविरल वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्ड अवरुद्ध भएको छ। दुई गाडीमा क्षति पुगेको छ।

राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका-३, बसारे नजिकै आएको पहिराले दुई गाडीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पहिरोले त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ न एम्बुलेन्स र ना १ ख ८७८६ न को टिप्परमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए। मंगलबार गएको पहिरोभन्दा करिब ५०० मिटर पर आएको अर्को पहिरोले गाडीमा क्षति पुर्‍याएको उनले जानकारी दिए।

अविरल वर्षाका कारण राप्ती राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा बाटोमा रोकिराखेको अवस्थामा सडक माथिबाट ठूलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको छ।

पानी निरन्तर परिरहँदा सडक खुलाउन समस्या भएको उनले बताए। मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो खसिरहेकाले समस्या भएको श्रेष्ठले बताए।

Nabintech