५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना कहरः घर, आइसीयु कि कोठाको भित्तामा फोटो बनेर बस्ने ?


चीन सरकार र त्यहाँका जनताले कोरोना बिरुद्ध लडेका लडाइँका दृश्य त्याहाँँका टेलिभिजनमा प्रसारण भएको देख्दा हामीलाई आदिम कालको दन्त्य कथा जस्तो लाग्छ । यस्तो कि, एउटा योग्य निर्देशकले काल्पनिक दन्त्य कथामा आधारित बनाएको सुपरहिट सिनेमा जस्तै ।

चीनले लडेका हरेक युद्ध राजनीतिक हुन वा जैविक आम मानिसको हेराइमा दन्त्य कथा जस्तो नै लाग्छन् । लाग्नु पनि स्वाभाविक हो । किनभने चीनले जस्तो निर्मम युद्ध न आजसम्म कसैले लडेको छ र न लड्न सक्ने छ। कठिन राजनीतिक युद्धहरु पहिला नै जितिसकेको चीनले हालैमात्र जैविक युद्ध पनि करिब जितिसकेको छ र जैविक युद्ध लड्न हम्मेहम्मे परेर निराश इटाली लगायत हाम्रो जस्ता गरिब देशहरूमा द्रुत गतिमा स्वास्थ्य सामाग्री र दक्ष चिकित्सक सहित सहयोगको काम अघि बढाई रहेको छ

अमेरिकीहरू, अझ बिशेषगरी त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रमले जति आलापबिलाप गरेर कोरोना भाइरसलाई चीनियाँँ भाइरस बनाउन खोजे पनि यो कुरालाई विश्व स्वास्थ्य सङ्गठन लागायत सम्पूर्ण बिश्वले खारेज गरिदिएको छ । अझ राजनीतिक हिसाबले जहिले पनि अमेरिकाको वरिपरी घुम्ने युरोपेली मुलुकहरु पनि अब चीनलाई नै बिश्वको महाशक्ति मान्ने ठाउँमा पुगेका छन्।अ झ चीनले यो अफ्ठ्यारो परिस्थितिमा आफु जुध्दै गर्दा पनि युरोप लगायतका मुलुकहरुमा आफ्नो जैविक लडाइँको अनुभव सहित स्वास्थ क्षेत्रका नागरिकको स्वास्थ्य जोखिम मोलेर स्वास्थ्य सामाग्री सहित कोरोना प्रभावित मुलुकहरुमा पठाउनु र त्यहाँका जनताको घाउमा मलम लगाउनुलाई एउटा महत्त्वपूर्ण अर्थको हिसाबले हेर्नु जरुरी हुन्छ ।

पश्चिमाहरुले ब्यक्तिगत स्वतन्त्रताको नाममा जनतालाई छाडा छोड्दा कति ठुलो जोखिम र कति ठुलो दुर्घटना हुने रहेछ भन्ने कुरा गहन रुपले सोच्न बाध्य भएका छन् । र मुक्त कण्ठले चीनले अपनाएको राजनीति प्रणालीको प्रसंसा गर्न नसके पनि उनीहरुको आत्माले चीनिया राजनीतिक प्रणाली सही भएको कुरा ठम्याएको हुनु पर्दछ ।अहिले कोरोना भाईरसको प्रकोप सबैभन्दा बढी इटाली र स्पेनमा फैलिँदै छ । हाम्रो देश नेपाल, क्षिमेकी मुलुक भारत लगायत सम्पुर्ण बिश्व करिब सबै ‘लक डाउन’ को अवस्थामा छन्। कुनै दिन इटाली पनि हाम्रो केही दिन अघिैकै जस्तो अबस्थामा थियो ।

सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस फैलिएको कारणले पूरै इटाली क्वारान्टीनमा छ। त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभएसम्म देशका सबै नागरिक सकेसम्म घरमा नै बस्नुपर्छ। यो नराम्रो र डरलाग्दो अवस्था हो । तर यो भन्दा पनि डरलाग्दो के हो भने हाम्रो मुलुक जस्तै संसारका अन्य देशहरु, जो कोरोना भाइरसले कम प्रभावित छन् उनिहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्क सँग बसेका छन् । हामीलाई थाहा छैन, हामीहरु के सोचिरहेका छौँ । किनकी इटालीका जनता र त्याहाँको सरकारी नेतृत्व पनि केही समय अघी त्यही सोचिरहेको थियो र स्पेनी जनता पनि त्यही सोचिरहेका थिए।

एकछिन मनन गरौं, इटालीका जनता र इटाली लगभग ४/५ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यो ?

इटाली र त्याहाँको राज्यलाई थाहा थियो कोरोना भाईरस छ भन्ने कुरा । हामीले जस्तै उनिहरुले पनि समाचारमा पढेका थिए, टिभी, इन्टर्नेटमा त्यस बारे समाचारहरु हेरे पढेका थिए। पहिलो, दोस्रो गरेर केही पोजेटिभ केसहरु तिम्रो देशमा देखिएका छन्। डराउनुपर्ने केही छैन, यो अली कडा खालको रुघा खोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ। जवानहरुले त भाईरसलाई पचाईहाल्छन्। गर्मीमा लाग्ने भाईरसहरु केही क्षणमा मरिहाल्छन्। म सुरक्षित छु, ढुक्क छु। सबै किन यती सार्हो आत्तिरहेका छन्, बेकारमा मान्छे तर्साउने काम गर्दैछन्। केही डर छैन।

अब बिस्तारै पोजेटिभ केसहरु बढ्न थालेका छन्, अब स साना क्षेत्रहरुलाई ‘रेड जोन’ भनेर तोकिन थालिएको छ । शुरुमा केस देखिएका शहरहरुमा अली बढी विरामी देखिन थालेका छन् । तर पनि आत्तिनुपर्ने केही छैन । त्यहीँका डाक्टर, नर्स, अस्पतालहरुले हेर्दैछन्। केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन्, पहिलेदेखि सुगर, दम जस्ता अरु रोग लागेका हरु छन्। मिडियाले बेकारमा सानो कुरालाई ठुलो बनाएर मान्छे तर्साउँदैछन्। म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भाईरसको डर पनि छैन। यहाँ सबै ठिकै छन्।

तर अब विस्तारै पोजेटिभ केसहरु छिटो छिटो बढ्दैछन् । दिनमै दोब्बर देखिन थालेका थिए । धेरै मान्छे मर्न थालेका थिए। ‘रेड जोन’ र ‘क्वारान्टीन क्षेत्र’ भनेर सरकारले अन्य सहरहरुलाई पनि तोक्दै थियो । इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश ‘क्वारान्टीनमा बसिसकेको थियो । ती क्षेत्रका स्कुल, कलेजहरु बन्द भएका थिए तर रेस्टुरेन्ट, बार, फिल्महल, कार्यालयहरु अझै खुला थिए। कुनै पत्रीकामा पूरै देश लक डाउन हुने समाचार अफिसियल्ली आउनु भन्दा अघि लिक भयो । अनी करिब १० हजार जना ती ‘रेड एरिया’ तोकिएका भाईरस फैलिएको क्षेत्रबाट भाईरस नफैलिएका क्षेत्रमा भएका आ आफ्ना घर फर्केका थिए। बाँकी तीन चौथाइ इटालीका बासिन्दाहरुको दैनिकी खासै बदलिएको थिएन , उनीहरु साबुन पानीले हात धुन र मास्क लगाएर हिँड्न थालेका थिए। भेला, समारोह नगरौं, सकेसम्म घरमै बसौं भन्ने सन्देश रेडियो, टिभीमा बजिरहथ्यो। तैपनी अवस्था यतिसम्म बिग्रनसक्छ भनेर उनीहरुले अनुमान लाउन सकेका थिएनन्ए ।

एक पछि अर्को भटाभट पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका थिए। सबै स्कुलरकलेजहरु कम्तीमा १ महिनाका लागि बन्द गरिएका थिए। त्यतिबेलासम्म इटालीमा स्वास्थ्य इमर्जेन्सी घोषणा गरिसकिएको थियो । अस्पतालहरुमा विरामी भर्ना गर्न ठाउँ नपुगेपछि सामान्य रोगीहरुलाई हटाएर खाली गर्न लगाइएको थियो। रुटिन सर्जरीहरु स्थगित गरिएका थिए। भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीले विरामीको चाप धान्न सकेका थिएनन् । रिटायर्ड भईसकेकाहरुलाई बोलाइएको थियो । चिकित्सा बिषय अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ, स्वयमसेवकहरु भर्ना गरिएका छन्। सिफ्टमा काम गर्ने भन्ने नै छैन, जती काम गर्न सकिन्छ, गर्नु भनिएको छ। इटालीमा धेरै डाक्टर नर्सहरुलाई पनि भाईरस संक्रमण देखिएको छ। उनीहरुको परिवार, बच्चाबच्चीलाई पनि देखिएको छ ।
भाइरस संक्रमण जटिल भएर निमोनिया भएका विरामीहरु थुप्रिन थालेका छन्, आइसीयु चाहिने विरामीहरुको भिड बढ्न थालेको छ। तर विडम्बना आइसीयु बेड खाली छैनन्। अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन। भर्ना गरेपनी हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन्। यो एउटा युद्धक्षेत्र जस्तै भएको छ। डाक्टरहरुले आउने जती सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन्। उपचारपपछि बाच्ने सम्भावना जसको बढी छ, उसलाई बेड दिनुपर्ने, औषधी दिनुपर्ने अवस्था आएको छ। त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ। थोरै जनशक्ती र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ। भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ। यस्तो तरिकाले आँखै अघि बाँच्नसक्ने र बाँच्नपर्ने विरामी मरेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन्। तर गर्न सकिने केही छैन, पूरै सिस्टम धरासायी हुँदैछ।

इटालीमा रेड जोनबाट भागेर घर पुगेका १० हजार जनाले धेरै ठाउमा रोग सारिसकेका छन् । उनीहरुले गर्दा पूरा इटालीभरी भाईरस फैलिसकेको छ। अब पूरा देश नै ‘क्वारान्टीनमा छ। तर मान्छेहरु काममा जान, किनमेल गर्न, औषधि पसल जान सक्छन् । नत्र अर्थतन्त्र नै धराशायी हुनसक्छ। अहिलो भने सबै जनाले मास्क लगाउने, पन्जा लगाउने गर्न थालेका छन्। तर अझै पनि केही मान्छेहरु भेटिन्छन् जो आफूलाई भाईरससँग डर लाग्दैन भन्ने गर्छन्अ । साथीभाइ जम्मा हुन्छन्, खान्छन्, पिउँछन्, रमाइलो गरिरहेका छन्।

यति बेलासम्म इटाली ध्वस्त भै सकेको छ। राज्य सञ्चालक हरुको धैर्र्यता टुटिसकेको छ। हाल इटालीमा संक्रमितको सङ्ख्या ७१ हजर भन्दा बढी र मृत्यु हुनेको सङ्ख्या ७ हजार भन्दा बढि छ। दिनको ६ सय भन्दा बढीले मानिसहरु मरिरहेका छन्। त्याहाँको सरकारले समयमै लकडाउन र जनतामा अनुशाशीत भएको भए आजको अबस्थामा इटाली पक्कै आउने थिएन । इटालीको दर्दनाक कहानीले के सिकउँछ भने राज्यले उचित समयमा उचित निर्णय र जनतामा अनुशासन भएन भने कुनै पनि मुलुक ध्वस्त हुन छिनभर लाग्ने छैन । अहिले हामी इटालीले भोगेको करिब शुरुको अबस्थामा छौ।

१र२ जनामा संक्रमित फेला परेका छन्। संयोग नै मानौँ, कोरोनाको उद्गम हाम्रो नजिकैको छिमेक भए पनि लामो समय सन्सार घुमेर मात्रै नेपाल आईपुगेको छ। यसको अर्थ भाइरसले हामीलाई तयारीको लागि निक्कै समय दिएको हो। करिब ३ महिना समय भनेको निक्कै लामो समय हो। लामो समय पाउँदा पनि हामी तयारी बिना ढुक्क बस्यौं। यसले हामीलाई ठुलो घाटा त पक्कै पार्नेछ। अहिले मुलुक पुर्णँ लकडाउनमा छ। हामीहरु लकडाउनलाई एउटा चाढ वा उत्सवको रुपमा हेरिरहेका छौँ। सहरमा भएका हामी सम्भावित रोगलाई बोकेर गाउँमा पुगेका छौँ। यसबीचमा करिब ७ लाख मानिस गाउँ प्रवेश गरिसकेका छन् । लक डाउनको मर्म नबुझी हामी सडकमै निस्केर सेल्फी खिचेर रमाइलो मनाई रहेका छौँ। निश्चित अस्पताल, निश्चित स्वास्थ्यकर्मी र निश्चित आइसीयु भेन्टिलेटरले यो माहामारीमा हामीलाई स्वास्थ सेवा दिन सक्दैन । हाम्रो ब्यवहार नसुध्रिए हाम्रो प्यारो मान्छे मर्दा हामी मलामी जान पाउने छैनौँ ।

हामीले आफू घरमा बस्ने कि आइसीयुमा कि भित्तामा फोटोको रुपमा बस्ने निर्णय लिने बेला आएको छ  !

Nabintech