२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्रले कोहलपुर १० मा राहत वितरण गर्यो


कोहलपुर/ नेकपा माओवादी केन्द्र कोहलपुरले राहत वितरण अभियानलाई जारी राखेको छ । नेकपा माओवादी केन्द्र कोहलपुरले स्थापना गरेको कोभिड १९ राहत कोष अन्तरगत बुधवार कोहलपुर नगरपालिका वडा नं १० का अति विपन्न,अशक्त,एकल महिला र पूर्व जनमुक्ति सेनालाई राहत वितरण गरेको छ । वडामा विपन्न ३५ घर परिवारलाई राहत वितरण गरेको नेकपा माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।
पार्टीका अगुवा नेता कार्यकर्ताहरुले संकलनबाट वितरण गरिएको राहत कार्यक्रममा संविधान सभाका सदस्य तथा माओवादी केन्द्रका नेता उमाकान्त शर्मा, नेकपा माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने,बल बहादुर खड्का अविरल,फना शर्मा र १० नं. वडा कमिटी अध्यक्ष देविलाल बोहराको उपस्थिती रहेको थियो ।
करिब १ महिनादेखी सञ्चालन गरेको राहत वितरण कार्यले राहत पाउने स्थानीयहरुको समस्या समाधानमा सहयोग पुगेको बताउँदै माओवादी केन्द्रका नेता तथा संविधान सभाका सदस्य शर्माले दुखि गरिव र विपन्नहरुको पार्टी माओवादी केन्द्र रहेको बताए । माओवादी पार्टी सधै जनताको साथमा रहेको उनको भनाई थियो ।
माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले महामारीका रुपमा देखा परेको कोरोनाका कारण आक्रान्तभै चुल्लो समेत बाल्न कठिनाई भएका घरपरिवारमा वितरण गरेको राहतले मलमपट्टिको काम गर्नेमा विश्वास राखे ।

 

 

Nabintech