११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्र कोहलपुरद्धारा कोरोना संक्रमितका  दर्जन बढि शव निःशुल्क व्यवस्थापन


माओवादी केन्द्र कोहलपुरले कोरोना महामारीका कारण ज्यान गुमाएका हरुको निशुल्क शव व्यवस्थान गर्दै आएको छ । महामारीका कारण ज्यान गुमाएका कोहलपुर र बाहिरी जिल्लाका  व्यवस्थापन गर्दै आएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर सचिव एंव शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्का अबिरल ले जानकारी दिए । डेढ महिना देखि जारी zव व्यवस्थापन अभियानमा हाल सम्म कोहलपुर र बाहिरी जिल्लाका गरि दर्जन बढि शवहरु व्यवस्थापन गरि सकिएको खड्काले जानकारी दिए ।

कोरोनाका कारण मृत्यु भएकाहरुको शव गृह जिल्लामा लैजान समस्या हुने भएकाले कोहलपुर नगर पालिका वडा नं ११ को डुडुवा खोलामा व्यवस्थापन गर्दै आएको संयोजक खडकाले जानकारी दिए ।

सब व्यवस्थापनका लागि आवश्यक काठ लागायत अन्य समाग्रि पनि पार्टीका तर्फबाट व्यवस्थापन गर्ने गरिएको खडकाले बताए । कोरोनाका समयमा मलामीको सख्या कम हुदा शव व्यवस्थापनमा कठिनाई हुने कुरालाई मध्य नजर गर्दै पार्टीले निःशुल्क र स्वयम् सेबक परिचालन गरेर शव व्यवस्थापन गर्दै आएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।

Nabintech