२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना प्रभाबितलाई राहत बितरण गर्दै आएको माओवादी केन्द्र कोहलपुरले बाढी पिडीतलाई पनि सहयोग गर्ने


कोहलपुर  / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना प्रभाबितलाई राहात कोष सञ्चालन गर्दै आएको मा आगामी दिनमा बाढि पिडीतलाई पनि राहात उपलब्ध गराउने भएको छ ।
कोरोना पिडीतलाई कार्यकर्ताको गास कटाएर संकलन तथा बितरण गर्दै आएको राहात कार्यक्रम बाट अगामी दिन बाट बाढी पिडीतलाई पनि बितरण गरिने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानीले जानकारी दिए ।
बिहानीका अनुसार हाल सम्म कोरोना पिडीत राहात कोष मार्फत कोहलपुरका बिभिन्न वडाका बिपन्न,अपाङता भएका व्यक्ति तथा बृद्ध बृद्धा गरि १ बढीलाई राहात उपलब्ध गराईएको छ ।
माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले कार्यकर्ताले मानो मुठी र सुभेच्छुकहरु बाट उठाईएको राहात कार्यक्रम आवश्यकता अनुसार बाढी पिडीतलाई समेत बितरण गरिने नयाँ कोर्सलाई बताए । उनले हुने खाने ले हुदा खानेलाई सहयोग गर्ने उदेश्यले अभियानलाई निरन्तरता दिईएको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशन अनुसार बाढि पिडीतको राहात तथा उद्धारका लागी युवाहरुको स्वयम सेवक टिम निर्माण गरिएको जानकारी समेत दिए ।
अबिरल बर्षाका कारण समस्या पैदा भएमा माओवादी केन्द्रको स्थानिय वडा कमिटीलाई सम्पर्क गर्न आग्रह गरे ।
माओवादी केन्द्रले राहात स्वरुप २५ किलो चामल बितरण गर्दै आएको छ । माओवादी केन्द्र कोहलपुरका नेता अबिरल खड्काका अनुसार २० दिन अघि देखि सुरु गरिएको राहत अभियानमा बिपन्न तथा अशक्त असाहयलाई राहात बितरण, कोरोना सक्रमित भएका तथा मृत्यु भएका परिवारलाई प्रथमिकतामा राखिएको बताए ।
परिवारको अवस्था हेरेर घरमै पुगेर राहात बितरण गर्ने गरिएको बताउँदै नेता खड्काले दैनिक गुजारा गर्न समस्या भएमा माओबादी केन्द्र कोहपुरलाई सम्झन आग्रह गरे ।

Nabintech