१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिपन्नको चुलो बाल्ने अभियानमा माओवादी केन्द्र कोहलपुर


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सञ्चालन गरेको राहात कोषमार्फत सोमवार पनि कोहलपुर नगरका बिभिन्न वडाका बिपन्न तथा असाहायलाई राहात बितरण गरेको छ ।
माओवादी केन्द्र कोहलपुरका नेता अबिरल खड्काका अनुसार आईतवार कोहलपुर वडा नं २ र वडा नं १० का विपन्न तथा असहाय तथा अपाङहरुलाई राहात स्वरुप २५ किलो चामल र २ किलो दाल बितरण गरिएको नयाँ कोर्षलाई जानकारी दिए ।

खड्काका अनुसार २० दिन अघि देखि सुरु गरिएको राहत बितरणका क्रममा  १ हजार बढिलाई राहात बितरण गरि सकिएको नयाँ कोर्षलाई बताए ।
माओवादी केन्द्र कोहलपुरले बिपन्न तथा अशक्त असाहयलाई राहात बितरण, कोरोना सक्रमित भएरका तथा मृत्यु भएका परिवारलाई भेटघाट तथा राहात बितरण गरिरहेको छ । उनका अनुसार कोहलुर मेडिकल कलेजमा मृत्यु भएका हरुको शव व्यवस्थापन गर्दै आएको जानकारी दिए । दाउरा आफैले व्यवस्थापन गरेर निःशुल्क शव व्यवस्थापन गर्दै आएको माओवादी केन्द्र कोहलपुरका सचिव समेत रहेका अबिरल खड्काले जानकारी दिए ।

Nabintech