१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जग्गा खरीदमा व्यापक घोटाला, केही मिनेटमा २ बाट साढे १८ करोड मूल्य बढाइयो


अयोध्यामा राम मन्दिर निर्माणका लागि जग्गा खरीदमा व्यापक घोटाला (भ्रष्टाचार) भएको खुलेको छ ।

समाजवादी पार्टीका नेता एवं पूर्वसांसद तेजनारायण पाण्डे(​​पवन पाण्डे)ले २ करोडमा बैना गरिएको जग्गा केही मिनेटपछि १८।५ करोडमा किनेको आरोप लगाएका छन् ।

रामजन्मभूमि ट्रस्टका सचिव चम्पाट राईले राजनीतिक प्रतिशोध साँध्न यस्ता आरोप लगाइएको बताएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै राईले श्री रामजन्म भूमि तीर्थ क्षेत्र ट्रस्टले खरीद गरेको जग्गाको रकम खुल्ला बजार मूल्यभन्दा धेरै कम मुल्यमा किनेको बताएका छन् ।

आइतवार नेता पाण्डेले अयोध्यामा पत्रकार सम्मेलन गरी जग्गाको बिक्री २ करोडमा भएको बताएका थिए । तर, उक्त जग्गा १८।५ करोडमा बैना भएको बताइएको छ ।

‘१८ मार्च ३०२१को करिब १० मिनेट पहिला बैना भयो र फेरि सम्झौता’, उनले भनेका छन्, ‘जुन जमिनलाई दुई करोड रुपैयाँमा किनियो सोही जमिनलाई १० मिनेटपछि १८।५ करोडमा सम्झौता किन भयो रु’

आम आदमी पार्टीका सांसद संजय सिंहले लखनऊमा पत्रकार सम्मेलन गरेर राम मन्दिरको नाममा किनिएको जग्गामा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

उनले भने, ‘जग्गाको मूल्य प्रति सेकेन्ड करिब ५।५ लाख रुपैयाँ बढेको छ । भारतसहित विश्वको कुनै पनि जग्गा एक सेकेन्डमा यति महँगो हुँदैन । यसका लागि ईडी र सीबीआईबाट तत्काल अनुसन्धान गरिनुपर्दछ र भ्रष्टाचारीहरुलाई पक्राउ गरेर जेलमा हाल्नु पर्छ ।’

कांग्रेस पार्टीका विधायक दीपक सिंहले राम मन्दिरका लागि किनेको जग्गामा भ्रष्टाचार भएको आरोप लगाउँदै सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

साथै विश्व हिन्दू परिषद्ले यसबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको छ । विश्व हिन्दू संगठनसँग सम्बन्धित अधिकारीहरुले कागजात हेरेर मात्र यस्ता आरोप लगाउन सकिने बताएका छन् ।

नाम नखुलाउने सर्तमा एक वरिष्ठ अधिकारीले संगठनले यी आरोपहरुलाई गम्भीरताका साथ लिएको र यदि ती आरोपहरु सत्य साबित भएमा यसको बिरूद्ध आन्दोलन सुरु गरिने बताए ।

अयोध्यामा श्री रामजन्म भूमि तीर्थ क्षेत्र ट्रस्टको सुपरिवेक्षणमा राम मन्दिर निर्माणको काम चलिरहेको छ । आइतबार अयोध्यामा ट्रस्टको बैठक बसेको थियो ।

Nabintech