११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वाईसिएल बाँकेको रक्तदानमा १ सय ५ पिन्ट रगत संकलन


माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल जिल्ला कार्यसमिति बाँकेको बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन ।

रक्त संचार केन्द्रमा देखिएको रगत अभावको समस्या समाधानकालागि वाईसिएल बाँकेले रक्तदा कार्यक्रम आयोजना गरेको वाईसिएल बाँकेका संयोजक आकाश कार्कीले जानकारी दिए । माओवादी केन्द्रको बिभिन्न तहका नेता तथा कार्यकर्ता तथा वाईसिएलमा आवद्ध युवाहरुबाट एकैदिन १ सय ५ पिन्ट रगत संकलन भएको कार्कीले बताए । 

रक्तदान कार्यक्रममा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका इन्चार्ज अक्कल बहादुर बम, लुम्बिनी प्रदेश कमिटी सदस्यीय नरेन्द्र न्यौपाने, योङ्ग कम्युनिस्ट लिग नेपालका केन्द्रिय सचिव रतनबहादुर शाही, केन्द्रिय सचिव गणेश शाही, जिल्ला संयोजक आकाश कार्की, माओवादी केन्द्र उपमहानगर अध्यक्ष डिल्ली बराल लगाएत नेता तथा कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।

कोरोना भाइरसको दोस्रो लहरसँगै नेपालगन्जको ब्लड बैंकमा रगतको अभाव पुर्ती गर्न रक्तदान गरेको वाईसिएल नेपालका केन्द्रिय सचिव रतन बहादुर शाहीले बताए । कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशकै केन्द्रमा रहेको बाँकेका अस्पतालहरुमा सधै रगतको अभाव हुने भएकाले त्यसैलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम संचालन गरीएको शाहीले बताए ।

Nabintech