९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विकास नगरमा पुग्यो माओवादी केन्द्र

७ सय बढीलाई राहत वितरण



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सञ्चालन गरेको राहात कोष मार्फत शुक्रवार कोहलपुर नगरपालिका वडा वडा नं २ बिकास नगरका बिपन्न तथा असाहायलाई राहात बितरण गरेको छ ।

माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेका अनुसार शुक्रवार कोहलपुर वडा नं २ बिकासनगरका ३० घरपरिवारका विपन्न तथा असहाय तथा अपाङहरुलाई राहात स्वरुप २५ किलो चामलका दरले बितरण गरिएको नयाँ कोर्सलाई जानकारी दिए ।

माओवादी केन्द्रका पार्टी कार्यकर्ता तथा शुभ चिन्तकहरुबाट संकलित राहत बिगत एक महिना देखि माओवादी केन्द्र कोहलपुरले बितरण गर्दै आएको छ ।
खाद्यन्न वितरण कार्यक्रममा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपाने,अमर बि.क,अमर परियार र मजदुर नेता दिलिप सोनी लगाएतको सहभागिता रहेको थियो ।

नेता न्यौपानेका अनुसार एक महिना अघि देखि सुरु गरिएको राहत बितरणका क्रममा ७ सय बढिलाई राहात बितरण गरि सकिएको नयाँ कोर्सलाइई बताए । नेता न्यौपानेका अनुसार माओवादी केन्द्र कोहलपुरले बिपन्न तथा अशक्त असाहयलाई राहात बितरण, कोरोना सक्रमित भएरका तथा मृत्यु भएका परिवारलाई भेटघाट तथा राहात बितरण गरिरहेको छ । उनका अनुसार कोहलुर मेडिकल कलेजमा मृत्यु भएका हरुको शव व्यवस्थापन गर्दै आएको जानकारी दिए । दाउरा आफैले व्यवस्थापन गरेर निःशुल्क शव व्यवस्थापन गर्दै आएको माओवादी केन्द्र कोहलपुरका सचिव अबिरल खड्काले जानकारी दिए ।

कार्यलयबाट राहात बितरण गर्दै आएकोमा आगामी दिनमा परिवारको अवस्था हेरेर घरमै पुगेर राहात बितरण गर्ने कार्यक्रम तय गरीएको खड्काले जानकारी दिए ।

 

Nabintech