३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा माओवादी केन्द्रको सहयोग जारी


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर नगरसमितिले सञ्चालन गरेको राहात कोषमार्फत आईतवार पनि कोहलपुर नगरका बिभिन्न वडाका बिपन्न तथा असाहायलाई राहात बितरण गरेको छ ।

माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेका अनुसार आईतवार कोहलपुर वडा नं २, वडा नं १२ र वडा नं १५ का विपन्न तथा असहाय तथा अपाङहरुलाई राहात स्वरुप २५ किलो चामल र २ किलो दाल बितरण गरिएको नयाँ कोर्षलाई जानकारी दिए । नेता न्यौपानेका अनुसार १० दिन अघि देखि सुरु गरिएको राहत बितरणका क्रममा ५ सय बढिलाई राहात बितरण गरि सकिएको नयाँ कोर्षलाई बताए । नेता न्यौपानेका अनुसार माओवादी केन्द्र कोहलपुरले बिपन्न तथा अशक्त असाहयलाई राहात बितरण, कोरोना सक्रमित भएरका तथा मृत्यु भएका परिवारलाई भेटघाट तथा राहात बितरण गरिरहेको छ । उनका अनुसार कोहलुर मेडिकल कलेजमा मृत्यु भएका हरुको शव व्यवस्थापन गर्दै आएको जानकारी दिए । दाउरा आफैले व्यवस्थापन गरेर निःशुल्क शव व्यवस्थापन गर्दै आएको माओवादी केन्द्र कोहलपुरका सचिव अबिरल खड्काले जानकारी दिए ।

कार्यलय बाट राहात बितरण गर्दै आएकोमा आगामी दिनमा परिवारको अवस्था हेरेर घरमै पुगेर राहात बितरण गर्ने कार्यक्रम तय गरीएको खड्काले जानकारी दिए । नेता खड्काले दैनिक गुजारा गर्न समस्या भएमा माओबादी केन्द्र कोहपुरलाई सम्झन आग्रह गरे ।

माओवादी केन्द्रका पार्टी कार्यकर्ता तथा शुभ चिन्तकहरुबाट संकलित राहत बिगत १० दिन देखि माओवादी केन्द्र कोहलपुरले बितरण गर्दै आएको छ । आईतवार मात्रै माओवादी केन्द्रका नेता एंव अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले २५ बोरा चामल सहयोग गरेका छन । यसै गरी कोहपुरका अगुवा व्यवसायी तथा नेकपा एमालेका नेता पोष्ट राज भुषाले ५ बोरा चामल , कोहलुर नगरपालिका वडा नं २ ले ४० बोरा चामल राहात कोषमा सहयोग गरेको माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।

 

Nabintech