३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सडक सञ्जालमा जोडिदै राप्तीसोनारीका बस्ती


बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका भित्रका वस्तीहरु विस्तारै सडक सञ्जालमा जोडिदै गएका छन । स्थानीय सरकार आईसकेपछि गाउँपालिका भित्रका सडकहरु समेत कालोपत्रे भइरहेका छन । विकासको पुर्वाधार मध्ये मुख्य पुर्वाधार बाटो भएक कारण गाउँपालिकाले हरेक वडाका वस्तीहरुलाई सडक सञ्जाल संग जोड्दै गएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा राप्ती सोनारीको योजनाअन्तर्गत तीन सयभन्दा बढी योजना पूर्वाधार निर्माणका रहेका थिए । जसअन्तर्गत एक सयभन्दा बढी योजना सडक निर्माणसम्बन्धी रहेका थिए । राप्ती सोनारीको आव २०७६/०७७ को कूल बजेट ७६ करोड ८ लाख ३९ हजारमध्ये १८ करोड बढी राप्ती सोनारीले सडक निर्माण र स्तरोन्नतिका लागि छुट्याएको छ । राप्ती सोनारीभित्र फैलिएको बस्ती भएकाले सडक विस्तार गरी बस्ती जोड्न आवश्यक रहेको अध्यक्ष थारुको भनाइ छ । ‘निर्वाचन हुनुभन्दा पहिला राप्ती सोनारीका कतिपय बस्तीमा मोटर गाडी जानसक्ने अवस्था थिएन,’ अध्यक्ष थारुले भने, ‘गाउँपालिकाको विकासका लागि पहिला त सबै बस्तीलाई सडक सञ्जालले छुन जरुरी छ ।’
राप्ती सोनारीको आव २०७६÷०७७ को पूर्वाधार निर्माण योजनाअन्तर्गत वडा नम्बर १ मा १४ बढी, वडा नम्बर २ मा १२ बढी, वडा नम्बर ३ मा १५ बढी, वडा नम्बर ४ मा २० बढी, वडा नम्बर ५ मा ५ बढी, वडा नम्बर ६ मा ५ बढी, वडा नम्बर ७ मा २० बढी, वडा नम्बर ८ मा १२ बढी र वडा नम्बर ९ मा १० बढी सडक र सडकसम्बन्धी पूर्वाधार निर्माणका योजनामा काम भइरहेका छन । राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधिको कार्यकाल तीन वर्ष पुगिसक्दा सम्ममा राप्ती सोनारीकाका सबै बस्तीलाई सडक सञ्जालले छोइसकेको छ । राप्तीसोनारी गाउँपालिका भित्र हाल सम्म १५ किलोमिटर कालो पत्रे भएका छन भने करिब ७४.५ किलोमिटर बाटो पिससिी गरिएको छ ।
सबै ९ वटै वडामा सडक कालोपत्रे, ग्राभेल, क्लभर्ट निर्माण, कुलो निर्माण, पुल निर्माणजस्ता सडक पूर्वाधारसम्बन्धी धेरै काम सम्पन्न भइसकेका छन् । वडा नम्बर १ मा हेर्ने हो भने राजमार्गदेखि वडा कार्यालयसम्म पिसीसी निर्माण, वडामा रहेका अधिकांश गाउँ÷टोलका बाटोमा ग्राभेल, नयाँ बाटोको ट्रयाक निकाल्ने जस्ता काम सम्पन्न भइसकेको वडा अध्यक्ष चन्द्रबहादुर ओली जानकारी दिए । ओलीका अनुसार कुसुमबजार हुँदै वडा कार्यालय, शिवमन्दिर, कुसुमेश्वर मावि, इप्रका, स्वास्थ्य चौकी हुँदै भित्री गाउँ जोड्ने ५ सय मिटर रिङरोड बाटोलाई कालोपत्रे गर्नुका साथै नाली निर्माण र ग्राभेलकोे काम, बेरियाबाट भमका जाने बाटोको स्तरोन्नति, राजमार्गदेखि हेल्थपोष्ट जाने बाटो कालोपत्रेजस्ता सडक पूर्वाधार निर्माणका योजनाले पनि प्राथमिकता पाएका छन् । यसैगरी वडा नम्बर २ को महत्वपूर्ण योजना रहेको जिरो जंगलबाट कचनापुर हुँदै कम्दी जोड्ने सडक निर्माण र कालोपत्रे, अगैंया बजार पछाडिको बाटो आरसीसी ढलान र कलभर्ट निर्माण सम्पन्न भइसकेका छन् । जिरो–कचनापुर–कम्दी सडकलाई कालोपत्रे गर्ने, गौरी खोलामा कलभर्ट निर्माण, मटुवादेखि मदुइको बाटो स्तरोन्नति, सिद्धार्थ मन्दिरदेखि टिकुलिपुर बाटो, मटेहिया सम्शेरगंज बाटो आदि स्तरोन्नतिका लागि योजनाअनुसार बजेट विनियोजन गरी कामलाई अघि सारिएको वडाध्यक्ष मदनकुमार ओलीले जानकारी दिए ।
कोरोना भाइरसको सन्त्रासका कारण ठूला निर्माणका योजनामा प्रभाव परेको बताउने वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारु यस वर्ष ५ लाखसम्मका साना सडकका योजना सम्पन्न भएको बताउँछन् । थारु वडा नम्बर ३ भित्र यस वर्ष ५ किलोमिटरसम्म ग्राभेल गरिएको बताउँछन् । यसका अलावा सडक कालोपत्रे, ग्राभेल, ह्युमपाइपजस्ता काम वडामा सम्पन्न भइसकेका छन् । वडा भित्रका विभिन्न स्थानमध्ये सिसया पुलदेखि खैरेनीसम्मको बाटो, बेलडाँडादेखि भिलन चोकसम्म कालोपत्रे जस्ता सडक पूर्वाधार निर्माणका कामका लागि पनि योजना तर्जुमा भई काम अघि बढिरहेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारुको नेतृत्वमा टोल–टोलमा सडक पूर्वाधार निर्माणका कार्यले गति लिइरहेको छ । लट्ठापुरदेखि डेग्रपुरसम्म र धामपुरदेखि पसरामपुरसम्म बाटोको ट्रयाक खोलेर ग्राभेल पनि सम्पन्न भइसकेको छ । बैजापुरस्थित बुद्धचोकदेखि देउपुर्वा जाने ४ सय मिटर बढी कालोपत्रे, माहुचोकदेखि माहु गाँउसम्म कालोपत्रेका साथै लालपुर हुँदै पसरामपुरसम्म जोड्ने करिब एक किलोमिटर कालोपत्रे गर्ने योजना तयार पारेको छ । आफ्नो कार्यकालभित्र मुख्य सडक कालोपत्रे हुने वडा अध्यक्ष थारु बताउँछन् ।

वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु यस वर्ष गोरधोेइ चोकदेखि गोरधोइ कजयेबाटो कालोपत्रे सम्पन्न भएको बताउँछन् । पिपलबोटदेखि टहवासम्मको बाटो निर्माण अन्तिम चरणमा रहेको बताउँदै वडा अध्यक्ष थारु वडाभित्र ग्रोभल, कल्भर्ट, नालाजस्ता पूर्वाधार निर्माण भइरहेको बताउँछन् । वडाभरि ह्युम पाइप निर्माण, करिब ६ सय मिटर वडा कार्यालयको बाटो कालोपत्रे, पक्की नाला निर्माणजस्ता काम पनि वडामा सम्पन्न भइसकेका छन् । यसैगरी वडा नम्बर ६ मा पदनाहा गाँउ र शिद्धेश्वर मावि जाने बाटो र नाली निर्माण, वडा कार्यालदेखि शिद्धेश्वर मावि जाने निर्माणजस्ता सडक पूर्वाधार सम्पन्न भएको वडा ६ मा अन्य सडक पूर्वाधार निर्माणका लागि योजना तर्जुमा निरन्तरतामा रहेको वडा अध्यक्ष जनकबहादुर थारुले बताए । यसका अलावा विभिन्न सडकको डिपियार निर्माण, ह्यामपाइप निर्माण पनि सम्पन्न भइसकेका छन । भौतिक पूर्वाधार निर्माणलाई जोड दिने वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु वडाका सबै टोलमा ग्राभेल निर्माण गर्न लागि परेका छन । सडक, नाला, ग्राभेल, नालासहितको बाटो निर्माण, ह्यमपाइन निर्माण, नयाँ ट्रयाक खोल्नेलगायतका योजनामा बजेट खर्च गर्दै आइरहेको वडा अध्यक्ष थारुको भनाइ छ । वडा ७ कृषि सडकदेखि बछौटा रोड कालोपत्रे, निवुबाटार सोतरमा कलभर्ट निर्माणजस्ता सडक पूर्वाधारका लागि यस वर्ष योजना तर्जुमा गरिएको छ ।
यसैगरी एक वर्षभित्रमा नै करिब २ किलोमिटर सडक कालोपत्रे गरेको वडा नम्बर ८ मा बनसेटमा बाटो स्तरोन्नति, ओभरीमा बाटो स्तरोन्नति, पैरानी सडक कालोपत्रे, बालापुरमा कलभर्ट निर्माण, विभिन्न गाउँमा ग्राभेलजस्ता योजना वडामा सम्पन्न भइसकेका छन् । वडा अध्यक्ष खुमबहादुर बस्नेत आफ्नो कार्यकालभरि वडामा रिङरोड बनाउने बताउँछन् । यस वर्ष वडा ८ मा जिरोचोकदेखि धर्मोली चोक बाटो कालोपत्रे, पौरानीमा पक्की बाटो निर्माण, पुष्पाञ्जली सामुदायीक वनदेखि खेल मैदानसम्म नालीसहित बाटो स्तरोन्नति, राजमार्गदेखि साहू टोलसम्म बाटो स्तरोन्नति जस्ता योजना रहेका छन् ।कोरोनाका कारण पूर्वाधार निर्माणलाई अस्तव्यस्त बनाएको बताउँछन् वडा नम्बर ९ का वडा अध्यक्ष महावीर ओली । विगतका वर्षमा सडकसम्बन्धी काम गर्दै आए पनि यस वर्ष भने सडकसम्बन्धी योजनालाई अघि बडाउन नसकिएको वडा अध्यक्ष ओलीको भनाइ छ । गुरुवा गाउँमा बाटो ग्राभेल गरिसकेको वडाले नयाँ बाटो खोल्ने, सडक स्तरोन्नति, ग्राभेल गर्नेजस्ता पूर्वाधारका कामलाई वडामा सम्पन्न गरिसकेको छ । पूर्वाधार निर्माणसँगै वडालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने सोच वडा अध्यक्ष ओलीको रहेको छ ।

Nabintech