३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेचि-महाकाली बुहारी संयुक्त आवाजले कोरोना राहत कोष’को स्थापना गर्यो


कोहलपुर / मेचि-महाकारी बुहारी संयुक्त आवाज लुम्बीनी प्रदेश कमिटिले बिश्वव्यापी महामारी (कोरोना भाईरस) बाट पिडीतहरुका लागि ‘राहत कोष’को स्थापना  गरेको छ ।

लुम्बिनी प्रदेश कमिटिको भर्चुअल मिटङ मार्फत ‘राहात कोष’ स्थपना गर्ने निर्णय भएको प्रदेश सह-संयोजक रेणुका खड्काले जानकारी दिईन । उनका अनुसार अति बिपन्न तथा महामारी प्रभाबित महिलाहरुलाई सघाउ पुर्याउन राहात कोष स्थापना गरि राहात संकलन सुरु गरिएको छ । सह-संयोजक खड्काका अनुसार मेचि महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय संयोजक यमु शर्मा शुब्बाले २० हजार, प्रदेश संयोजक लता खड्काले १० हजार र सह-संयोजक खड्काले ५ हजार रकम कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।

मेचि-महाकाली बुहारी संयुक्त आवाजले हिंसामा परेका महिलाहरुलाई कानुनि परामर्श दिनुका साथै बिभिन्न खाले समस्या तथा पिडामा परेकाहरुलाई राहत तथा सहयोग गर्दै आएको सह-संयोजक खड्काले जानकारी दिईन ।

मेचि-महाकाली बुहारी आवाजले बाँकेमा पनि जिल्लास्तरीय राहात कोष स्थापना गरेको बाँके जिल्ला संयोजक उर्मिला अधिकारीले जानकारी दिईन । बुधबार नै जिल्ला संयोजक अधिकारीको अध्यक्षता बसेको भर्चुअल मिटिङले जिल्ला स्तरमा राहात कोष स्थपना गर्ने निर्णय गरेको मेचि महाकाली बुहारी आवाज बाँकेकी प्रेश सल्लाहकार उषा उपाध्यायले जानकारी दिईन ।

Nabintech