३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
साँसद अथकले अक्सिजन खरीदकालागि ३० लाख रकम उपलब्ध गराउने


कोहलपुर / बाँके क्षेत्र नम्बर १ का संघिय साँसद महेश्वर गहतराज ‘अथक’ले बाँकेका तिन वटा स्थानिय तहलाई अक्सिजन खरीदकालागि ३० लाख रकम उपलब्ध गराउने निर्णय गर्नु भएको छ। कोरोना महामारीको मार खेप्दै आएका बाँकेवासीको सुविधाकालागि साँसद अथकले आफ्नो विकास बजेटबाट सो ३० लाख रकम दिने निर्णय गर्नु भएको हो ।
बाँके निर्वाचन क्षेत्र न १ बाट निर्वाचित साँसद अथकले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर, नरैनापुर र राप्तीसोनारी गाँउपालिकालाई अक्सिजन खरिदकालागि ३० लाख रकम उपलब्ध गराउने निर्णय गर्नु भएको साँसद अथकका सचिवालय सचिव शिव सुनारले बताउनुभयो ।
साँसद अथकका सचिवालय सचिव सुनारका अनुसार सांसद अथकले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेटबाट कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाँउपालिकालाई १० लाख र राप्तीसोनारी गाँउपालिकालाई ५ लाख रकम बिनियोजन गरीएको छ । स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तत्काल अक्सिजन खरीदकालागि ३० लाख रकम छुट्याईएको सुनारले जानकारी दिनुभयो ।

Nabintech