९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बेलनपुर घटनाका आरोपित प्रहरीको फन्दामा

यस्तो थियो घटना



कोहलपुर प्रहरीले हत्या अभियोगका फरार आरोपी पक्राउ गर्न सफल भएको छ । गत चैत्र २७ गते कोहलपुर नगरपालिका ४ बेलनपुरमा आफ्नै घरमा बसीरहेका युवालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरी फरार भएका ४ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

मस्जिदको जग्गा बिवादलाई लिएर स्थानिय युवाहरुले स्थानिय नेता तथा वाईसिएल नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुरज जागा, उनका भाई रियाजुद्धिन जागा, फकरुद्धिन जागा, जयलुन जागा र आरिफ जागामाथी साङ्घातिक आक्रमण गरेका थिए । आक्रमणमा परी गम्भीर घाईते भएका । जागाको उपचारकै क्रममा बिहिबार बिहान मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न भएकामध्ये ४ जनालाई पक्राउ गरेको हो ।

घटनालगत्तै घटनामा संलग्न ब्यक्तिहरुको खोजी तिब्र पारेका थियौं, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी रविन्द्र खनालले भने, मृतक पक्षले दिएको उजुरीका आधारमा आज ४ जनालाई पक्राउ गर्न सफल भएका छौं, अन्यको खोजी भईरहेको छ ।

घाईतेको मृत्यु भएसँगै प्रहरीले कर्तब्य ज्यान मुद्धा अन्तर्गत उक्त घटनाको अनुसन्धान सुरु गरेको डिएस्पी खनालले बताए । सुरुमा दुबै पक्षले एक अर्का बिरुद्ध उजुरी दिनुभएको थियो, अब मृतकका पक्षबाट आउने उजुरीलाई आधार मानेर अनुसन्धान प्रक्रिया अगाडी बढाउँछौं । खनालले भने ।

स्रोतका अनुसार घटनामा संलग्न ब्यक्तिलाई प्रहरीले नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको घरबाट पक्राउ गरेको हो । यद्यपी डिएस्पी खनालले भने उनिहरुलाई अनेत्रैबाट पक्राउ गरीएको जिकिर गरे ।

यस्तो थियो घटना

बेलनपुरमा स्थानिय मस्जिदको जग्गालाई लिएर सुनिनरी जामा मस्जिद र नुरी जामा मस्जिदका समर्थक बिच विवाद हुँदै आएको थियो । स्थानिय स्तरमा दुई समुहबिच देखिएको समस्या समाधानकालागि जिल्ला प्रशासन कार्यालय बाँकेले दुबै समुहलाई छुट्टा छुट्टै स्थानमा मस्जिद निर्माण गर्न दिएको अनुमती अनुसार सुनिनरी जामा मस्जिद समर्थकले मस्जिद निर्माण सुरु गरेका थिए । तर नुरी जामा मस्जिद समर्थकले निर्माणाधिन मस्जिदको पर्खाल भत्कादिईएपछि चैत्र २७ गते दुई समुहबिच झडप भएको थियो ।

झडपपछि आफ्नो घरमा फर्किरहेका वाईसिएल नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुरज जागालाई स्थानिय एक समुहले घर नजिकै निर्घात कुटपिट गरेको थियो । दाईमाथी कुटपिट भएको खबर पाएर घटनास्थल पुगेका जागाका भाई र आफन्तलाई समेत उक्त समुहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाईते भएका  जागालाई उपचारकालागि लखनउ लगिएको थियो । लखउनबाट डिस्चार्ज भई घर फर्किएको केही समयमै पुन स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएको जागाको उपचारकै क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

Nabintech