५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा पनि क्वारेन्टाईन बनाईने


बुधवार कोहलपुरमा कोरोना भाईरस नियन्त्रणका लागि गठन भएको कार्यदलको बैठकले कोहलपुर नगरपालिका वडा नं ८ मा रहेको कृषि बिकास बैक तालिम केन्द्र पिपरीलाई क्वारेन्टाईन बनाउने निर्णय गरेको हो । सो को लागि आवस्यक सबै तयारी बुधवार गरि सक्ने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र भारतीले जानकारी दिए । सो को लागि खाद्यान्नको आवश्यक व्यवस्था गर्न कोहलपुर उद्योग बाणिज्य संघलाई जिम्मा दिईएको छ ।

यस्तै स्वास्थकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा औजार तथा अन्य बन्दोवस्तीका समान खरिद गर्नका लागि नगर स्वाथ्य शाखालाई जिम्मेवारी दिईएको छ । जस अन्र्तगत १ सय ६० थान व्यक्तिगत सुरक्षा सामाग्री खरिद गरि कोहलपुर भित्रका स्वास्थ्य ईकाईहरुलाई बितरण गरिने भएको छ ।

यस्तै माक्स र सेनेटराईज लागतयका अन्य समाग्रि आवश्यक मात्रामा खरिद गर्ने निर्णय भएको छ । अति आवश्यकीय समाग्रिहरुको सहज बिक्रि बितरणका लागि कोहलपुर उद्योग बाणिज्य संघ लाई जिम्मेवारी दिने निर्णय भएको छ । खाद्य सामाग्री १ दिन ग्याप राखेर बिक्रि बितरण गर्ने निणर्य भएको छ । बुधवार पुर्ण रुपमा बन्द रहने छ भने बिहिवार देखि १ दिनको अन्तरमा पशल खोलिने छ ।
यस्तै बैठकले कोरोना नियन्त्रणका प्रभावकारी उपाय होम क्वारेन्टाईन भएकोले यसको पुर्ण पालनाका लागि सर्वसाधारणलाई अपिल गरेको छ ।
वैठकले भारत वा अन्य देश वाट आएका र आफ्नो घरमा रहेका मानिसमा कोरोनाको लक्षण देखिए नदेखिएको बारे केहि दिन निगरानि राख्ने निर्णय गरेको छ । सो को जिम्मेवारी वडा स्तरका जन प्रतिनिधीहरुलाई दिईएको छ ।कार्यदलको बैठकमा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत , ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्द ,सशस्त्र प्रहरीका , उद्योग वाणिज्य संघ ,रेडक्रस लगाएत सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Nabintech