२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारीको नयाँगाउँमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट


कोहलपुर / बाँकेको राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँमा सोमबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छ्न सोमबार दिउँसो करिब ३ बजे तिर आगलागी हुँदा स्थानीय रंगीलाल थारू,नन्दु चौधरी र राजकुमार थारूको भान्साघर जलेर नष्ट भए प्रहरी बिट ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुल बहादुर बमले जानकारी दिए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडाकुडा र घरमा राखिएको काठ जलेर नष्ट भएको बताइएको छ । नजिकै रहेको वनस्पति उद्यन ( ढकेरी पार्क)मा लागेको आगोका घरमा सल्किएको घरहरु प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक वमको सक्रियतामा कोहलपुर नगरपालिका बाट दमकल मगाएर करिब एकघन्टा पछि आगो नियन्त्रणमा लिएइको थियोे । हामी तत्काल घटना स्थलमा पुगेर मानव र पशुपक्षीको उद्दार गर्न सफल भएका छौं । वमले भने आगलागी भएको स्थानमा राप्तीसोनारी गाउँ पालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स्थलगत निरीक्षण गरेकी छिन ।

Nabintech