२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो वाईसिएल बाँकेले


कोहलपुर / योङ्ग कम्यूनिष्ट लिग, नेपाल (वाईसिएल) बाँकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । बाँकेका साथै देशैभरी कोरोना महामारी फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कमद चाल्नुपर्ने माग गर्दै वाईसिएल बाँकेले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

आईतबार वाईसिएल बाँकेका ईन्चार्ज सुरज जागा र संयोजक आकाश कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके पुगेको वाईसिएल बाँकेको टोलीले कोरोनाले भयावह रुप लिईसक्दा समेत सरकार उदासिन भएको भन्दै आक्रोश ब्यक्त गरेको थियो । वाईसिएल बाँकेले तत्काल संघ, प्रदेश र स्थानिय तहको पहलमा थप स्वास्थ्य जनशक्ति, अक्सिजन, उपकरणको ब्यवस्था, थप आईसोलेशन वार्ड, ब्यवस्थित क्वारेन्टाईन तथा होल्डीङ सेन्टरको ब्यवस्था गर्न माग गरेको छ ।

साथै पिसिआर परिक्षणको दायरा फराकिलो बनाउनुकासाथै पिसिआर परिक्षणमा लाग्दै आएको शुल्क मिनाहा गरी सबैको निशुल्क परिक्षण गर्न समेत वाईसिएल बाँकेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको वाईसिएल बाँकेका संयोजक आकाश कार्कीले जानकारी दिए ।

Nabintech