२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
स्थिति भयावह हुने आंकलनपछि कोहलपुरमा लकडाउन


कोहलपुर / बाँकेको कोहलपुरलाई पनि लकडाउन गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने आंकलनपछि भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

संक्रमणको रेसियो बढ्न थालेपछि मानिसहरुको मुभमेन्ट रोक्न लकडाउन गर्नु परेको कोहलपुर उपमहानगरपालिकाका उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो ।

कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको पनि उहाँले जानकारी दिनुभयो ।

Nabintech