२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दक्षिणपन्थी एवम् विसर्जनवादी प्रवृतिमा ओली रहेको माधव झलनाथ समूहको ठहर


काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक पंक्तिमा परिपत्र जारी गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नेदेखि हालसम्मका निर्णय र आफ्नो समूहले त्यसका विरुद्ध गरेको प्रतिवादलाई उल्लेख गर्दै वरिस्ठ नेता पक्षले परिपत्र जारी गरेको छ ।

ओलीमा दक्षिणपन्थी एवम् विसर्जनवादी प्रवृति रहेको भन्दै उक्त परिपत्रमा पार्टी विघटन गर्नमा ओली उद्दत भएको स्पष्ट पारिएको छ । निराश अवस्थामा रहेका कार्यकर्तालाई चैत ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेर आफूहरुले उत्साह भरेको नेपाल समूहले आफ्नो परिपत्रमा उल्लेख गरेका छन्।

राष्ट्रिय भेलाको आयोजना गरेर एमालेलाई विसर्जन हुन नदिन २०७५ जेष्ठ २ गते अघिको कमिटीलाई निरन्तरता दिँदै पार्टी तथा संगठनलाई पुनर्गठन गर्न लागेको जनाउँदै सातै प्रदेशमा संयोजक तोकिएको तथा जिल्ला कमिटीहरु पनि विस्तार गरिएको परिपत्रमा जनाइएको छ । दुई महिने अभियान सुरु भएको र त्यसअन्तर्गत सबै तहमा बैठक तथा भेला गरिने परिपत्रमा उल्लेख गरिएको छ।

बैशाख ९ गते काठमाडौंमा ओली विरुद्ध विशेष कार्यक्रम, बैशाख १३ गते विराटनगरमा, जेठ ३ गते चितवनमा कार्यक्रम गरिने पनि परिपत्रमा उल्लेख गरिएको छ।

माधवकुमार नेपालको यो अभियानमा पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका नेताको साथ र सहयोग रहेको छ ।

माधव नेपालसहित उनको पक्षमा खुलेका धेरै वरिस्ठ नेताहरु समानान्तर कार्यक्रम गर्दै देशव्यापी दौडाहामा रहेका छन् ।

उनीहरुको पक्षमा जिल्ला स्तरीय नेताहरुको आकर्षणले माधव झलनाथ खनाल पक्ष नै एमालेको मूलधार रहेको स्पष्ट गरेको छ । जताततै माधव नेपाल पक्षप्रतिको आकर्षणले गर्दा केपी ओली पक्ष निकै रक्षात्मक रहेको देखिएको छ ।

Nabintech