१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी निकट मजदुरको भेला तथा प्रशिक्षण सम्पन्न


कोहलपुर / अखिल नेपाल ट्रेड युनियन महासंघ कोहलपुर नगर कमिटीको भेला तथा प्रशिक्षण कोहलपुरमा सम्पन्न भएको छ । भेला तथा प्रशिक्षणमा बोल्दै नेकपाका नेता एंव संघिय संसाद महेश्वर गहतराज अथकले मजदुरहरको संगठित आवज बिना परिर्वतनलाई संस्थागत गर्न र आर्थिक बिकास सम्भव नभएको बताएका छन ।
उनले मजदुरहरु नै श्रम र सृजनाका संबाहक रहे पनि राज्यले भने श्रम जिवीको उचित सम्मन गर्न नसकेको बताए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानले आत्म निभर अर्थतन्त्रको बिकास र समाजबाद प्राप्तका लागि श्रमजिबी मजदुरहरुको योजनाबद्ध पहलको खाचो पर्ने बताए । उनले देशमा श्रमीक तथा श्रमजिवीको उचित सम्मन नहुदा श्रमजिबीहरु बिदेशिने परेको गुनासो गरे ।


कार्यक्रममा कोहलपुर क्षेत्रका बिभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत एक सय बढि मजदुरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता अवराज खडका , मजदुर नेताहरु बसन्त मल्ल , राजकुमार बिसी लगायतले पनि समाजिक सुरक्षा कोष र मजदुरहरुका हितका बिषमा बोलेका थिए ।

Nabintech