६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका नेता भुषालले बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरे


 

नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुरका नेता खिल प्रसाद भुषालले कोहलपुर नगरपालिकाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेका छन । नेता भुषालले कोरोना महामारी बिरुद्ध लडन सघाउ पुर्याउने उदेश्यले कोषमा सहयोगगरेका हुन । नेता भुषालले बिपत्तिको अवस्थामा सहयोग गर्न सबै लाई अपिल समेत गरेका छन । सो रकमको चेक भुषालले बुधवार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत लाई हस्तान्तरण गरे ।

त्यस्तै कोहलपुर नगरपालिका वडा नं २ का शसेन्द्र शाहीले १० हजार सहयोग गरेको कोहलपुर नगरपालिकाका अधिकृत अग्नी प्रसाद आचार्यले जानकारी दिए ।

आचार्यले कोषमा सहयोग आउने क्रम जारी रहेको र सो रकम प्रकोप बिरुद्ध लडनका लागि खर्च गरिने जानकारी दिए । कोहलपुर नगरपालिकाले बिश्वव्यापी रुपमा महामारीका रुमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि कोहलपुर नगरपालिका भित्र क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरेको छ ।

Nabintech