१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्र  सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियानमा जुट्यो 


कोहलपुर / नेकपा माओवादी केन्द्रले कोहलपुरमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ ।

माओवादी केन्द्रको चैत्र १३ गते बसेको बिस्तारित बैठकले कोहलपुर क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत बुधबारबाट अभियान सुरु गरीएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।

अभियानको पहिलो दिन कोहलपुर नगरपालिकाका ७, १४ र १५ नम्बर वडाका स्थानियहरुसँग भेटघाट तथा छलफल गरीएको छ । वडा हुँदै टोलसम्म पुगेर संगठन सुदृढ तथा बिस्तार गर्ने र स्थानियसँग भेटघाट गर्ने उद्धेश्यले एक महिने अभियान संचालन गरीएको न्यौपानेले बताए ।

अभियान अन्तर्गत जन गुनासाहरु संकलन, बिकास र निर्माणका सम्भावना बारे छलफलका साथै पार्टी सदस्यता बितरण र जनवर्णिय संगठनहरु निर्माण गरीने छ ।

Nabintech