२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पत्रकार चौधरीमाथि आक्रमण गर्नेलाई कारबाहिको माग


कोहलपुर / बाँकेका पत्रकार हेमन्त चौधरीमाथि आक्रमण भएको छ । समाचारको विषयलाई लिएर एक समुहले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनको खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ । बैजापुरस्थित क्लिनिकमा उपचार पछि उनी घर फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।
आक्रमणमा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कानून बमोजिम कारबाही गर्न पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले माग गरेका छन् ।

Nabintech