९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
फ्रान्सबाट आएको जहाजमा रहेका बाँकेका चारजनाको खोजी गरिदै


नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा सगै आएका बाँकेका चार जना रहेको खुले लगत्तै उनिहरूको खोजि तिब्र पारियको
छ ।

गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । सोही जहाजमा बाँकेका चार जना समेत रहेको र उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्ने निर्देशनसहितको पत्र बाँकेमा आइपुगेको बताइएको छ ।

चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको पत्रमा ठेगाना खुलाइएको छैन । ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पत्र आएको पुष्टि गर्दै उनीहरुको खोजी गरि केही दिन सुरक्षित ठाउँमा राखिने तैयारी भएको बताए ।

चैत ४ गते दोहाबाट आएका १५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १२५ जना नेपाली रहेको जनाइएको छ । देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तैयारी भइरहेको बताइएको छ ।

Nabintech