९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मञ्जु सत्याल अनेमसंघ (क्रान्तिकारी) को अध्यक्षमा चयन


कोहलपुर / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा मन्जु सत्याल चयन भएकी छन । शनिबार कोहलपुरमा सम्पन्न संघको दोस्रो भेलाले सत्यालको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति चयन गरेको छ ।

नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सभा सदस्य उषा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।  भेलामा नेकपा माओवादी केन्द्रका नेताहरु नरेन्द्र न्यौपाने, कृृृष्णा केे.सि र रेेेणुका खड्का  लगायतको  उपस्थिति   रहेको थियोे   ।  नयाँ समितीको उपाध्यक्षमा प्रेमानाथ योगि, बिष्णु चौधरी र सर्मिला शर्मा बोगटी, सचिवमा जुना बिक, सह सचिवमा राधा थारु तथा कोषाध्यक्षमा बिष्णु माया रोकाय सर्वसम्मत चयन भएका छन ।

Nabintech