१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रतिगमन र अग्रगमनबिच तिब्र रुपमा धुब्रिकरण भईरहेको छ  अथक


माओवादी केन्द्रका नेता एवं संघिय सांसद महेश्वर गहतराज अथकले देशमा प्रतिगमनकारी र अग्रगमनकारी बिच तिब्र धुब्रिकरण भईरहेको बताएका छन ।

नेकपा माओवादी केन्द्र कोहलपुरको बिस्तारीत बैठकमा बोल्दै अथकले सो कुरा बताएका हुन । उनले अग्रगमनकारीको नेतृत्व माओवादी पार्टी र यसको नेतृत्व प्रचण्ड र प्रतिगमकारीको नेतृत्व केपी वलीले गरिरहेको दाबी गरे । उनले समाजबाद प्राप्तीका लागि माओवादी ईतरका प्रगतिशिल शक्तिसँग धुब्रिकरणको प्रयास जारी रहेको समेत बताए । उनले पुरानो माओवादी शक्तिलाई एकताबद्ध बनाउदै प्रगतिशिल धारलाई अगाडी बढाउन सके मात्रै समाजवादको लक्ष्य पुरा हुने बताए ।

उनले वर्तमान संबिधान मास्ने र परिर्वतनका सबै एजेण्डालाई ध्वस्त पार्न केपि वली उद्धत रहेकाले पनि धुब्रिकरण अनिवार्य रहेको भनाई थियो ।

कार्यक्रममा माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले माओवादी शक्ति एकताबद्ध भए परिवर्तनलाई कसैले मास्न नसक्ने ठोकुवा गरे । उनले जनमतद्धारा समाववादी कार्याक्रमलाई स्थापित गर्न एकताबद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमा माअ‍ोवादी नेताहरु प्रकास सुबेदी, तुलाराज बिष्ट लगायतले बोलका थिए ।

Nabintech