१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
संघमा बिजयी महिला नेतृ लाई मेची महाकालीको सम्मान


कोहलपुर /मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले हालै कोहलपुर उद्योग बाणिज्य संघमा बिजयी महिला पदाधिकारी तथा सदस्यहरु लाई बधाई तथा सुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संघको उपाध्यक्षमा विजयी संगिता सुबेदी , कोषाध्यक्षमा विजयी सिता कार्की र सदस्य पदमा विजयी सर्मिला मल्ल लाई सम्मान गरेको हो ।
विजयी सुबेदी , कार्की र मल्ल मेची महाकाली बुहारी संयुक्त आवाजका कार्य समिती तथा आजिवन सदस्य समेत हुन ।
मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेकी संयोजक उर्मिला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महिला नेतृ तथा सल्लाहकार रेणुका खड्काले बाणिज्य संघमा विजयी महिला नेतृहरुले महिला व्यवसायीको हक हितका लागि भुमिका खेल्ने आशा व्यक्त गरिन् । कार्यक्रमा बोल्दै उपाध्यक्ष संगिता सुबेदीले युवा तथा महिला व्यवसायीको हितका लागी उल्लेखनिय काम गर्ने प्रतिबद्धता जनाईन् । कार्यक्रममा कोषाध्यक्ष सिता कार्कीले पनि प्रतिबद्धता व्यक्त गरेकी थिईन ।


कार्यक्रममा मेची महाकाली बुहारी सयुक्त आवाज बाँकेका पदाधिकारी तथा सदस्य हरुको सहभागितामा होलि मिलन कार्यक्रम समेत गरिएको थियो ।

Nabintech