२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्ती सोनारीमा वाइसीएलको कमिटी गठन


कोहलपुर / राप्ती सोनारीमा खड्का नेतृत्वको ३५ जनाको वाइसीएल कमिटी गठन, नेकपा एमाले र माओवादी केन्द्र पुरानै स्थानमा फर्किएपछि दुबै पार्टीले संगठन बिस्तारमा लागेका छन ।
शुक्रवार राप्ती सोनारी गाउँ पालिकामा शेर बहादुर खड्का सुजलूको नेतृत्वमा आज ३५ सदस्यीय वाइसीएल कमिटी गठन गरिएको छ ।
एक औपचारिक कार्यक्रम का बीच प्रमुख अथिती वाइसीएल नेपालका केन्द्रिय सचिव रतन शाही को उपस्थितमा उत्त कमिटी गठ्न गरिएको हो। राप्ती सोनारीका सबै वडालाई सामेटिएर कमिटी गठन गरिएको वाइसीएल नेता हरि चौधरीले जानकारी दिए ।
राप्ती सोनारीका सयोजक सुजल ले अब राप्ती सोनारी वाइसीएल लाइ सशक्त रूपमा अगाडि बढाउने त्यसैगरी राप्ती सोनारी भ्रष्टाचार मौलाएको हुँदा अब यसको हिसाब किताब वाइसीएल नेपाल ले पनि राख्ने कुरा बताएका छन ।

Nabintech