२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
१ किलो चरेश सहित ३ जना पक्राउ


बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा लागु औषध चरेश सहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही रहेका छन । उनीहरुको साथबाट बा६च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिए ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

Nabintech