१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजापुरमा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको उपाधी दाङले उचाल्यो


बैजापुरमा भएको खुल्ला ब्याडमिन्टन प्रतोयोगितामा दाङको टोलीले उपाधि जितेको छ । गौतम बुद्ध ब्याडमिन्टन क्लब बैजापुरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नगद १५ हजार सहित दाङको टोलीले उपाधि जितेको क्लबका अध्यक्ष ईश्वरि के.सिले जानकारी दिए । २० वटा टिम सहभागी रहेको ब्याडमिन्टन प्रतियोगितामा नगद ७ हजार ५ सय सहित कोहलपुर दोस्रो र नगद ३ हजार ५ सय गरेर क्रमश नेपालगन्ज र शम्सेरगन्ज तेस्रो भएका छन । शुक्रबार र शनिवार गरेर २ दिन सम्म चलेको प्रतियोगितामा स्थानीय युवा मान बहादुर खड्का , स्वास्थ्यकर्मि मिनराज खड्का लगायत युवा ब्यबसायिहरुको आर्थिक सहयोग गरेको समेत अध्यक्ष के.सिले जानकारी दिए ।

Nabintech