१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका वडा नं १ को आफ्नै भवनमा कार्यालय


कोहलपुर / कोहलपुर नगरपालिका वडा नं १ को कार्यालय  आफ्नै भबनमा सरेको छ । कोहलपुर नगरपालिकाका सबै वडाहरुको आफ्नो भबन निर्माण गर्ने हेतुले १ नं वडा कार्यालय पनि आफ्नै भबनमा सरेको हो ।कोहलपुर नगरपालिका १ कौशिलानगरमा ५१ लाखको लागतमा निर्माण भएको वडा कार्यलयको  कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले उद्घाटन गरेका हुन । कार्यालयको सेवा प्रबाह गर्न सहज हुने उदेश्यले ५ कोठा र एउटा हल सहितको वडा कार्यालय संचालनमा आएको हो । मेयर रावतले अब छिट्टै सबै वडा कार्यालयहरु आफ्नै भबनमा हुने समेत बताए । कार्यालयको निर्माण एडिबि निर्माण सेवाले जिम्मा लगेको थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल नेपाली, सब इन्जिनियर महादेब जोशि वडा अध्यक्ष, वडा सदस्य र नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डे लगाएको उपस्थिती रहेको थियो ।

Nabintech