९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बालुवाटारको संसदीय दलको बैठकमा नेपाल खनाल समूहका सांसद नजाने


 

काठमाण्डौ , नेकपा एमालेको नेपाल(खनाल समूहका सांसदहरुले बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

आजको संसदीय दलको बैठकमा सहभागी हुने या नहुने भन्नेबारे केहीबेरअघि बसेको बैठकले सहभागी नहुने निर्णय गरेको नेपाल(खनाल समूहका सांसद दिपक भट्टले उज्यालोलाई जानकारी दिनुभयो ।

छलफलका क्रममा केही सांसदहरुले जानुपर्ने र केही सांसदहरुले नजाने राय प्रस्तुत गरेको तर निर्णय भने नजाने भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको छ । बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा डाकिएको छ ।

नेपाल(खनाल समूहले हिजोदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । हिजो भेलाको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । आजका लागि डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमासमेत आफूहरु सहभागी नहुने नेता योगेश भट्टराईको भनाइ रहेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २०७५ सालको जेठ २ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने नेपाल(खनाल समूहको अडान छ । गएको फागुन २८ गतेको ओली समूहको बैठकले जिम्मेवारी हेरफेरसहित महत्त्वपूर्ण निर्णय गरेलगत्तै नेपाल(खनाल समूह थप असन्तुष्ट छ ।

निर्णय फिर्ता नलिएसम्म आफूहरुको सङ्घर्ष जारी रहने नेपाल(खनाल समूहका नेताहरुले बताएका छन् । यो समूहले बालुवाटारमा आयोजना भएको चियापान कार्यक्रमसमेत बहिस्कार गरेको थियो । उज्यालो अनलाईन बाट

Nabintech