३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण


कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका १० चटारमा बुधबार ठुलो दुर्घटना टरेको छ । चटारस्थित शिव मन्दीर नजिकै रहेको लिनखदास थारुको परालको टौवामा बुधबार दिउँसो आगलागी भएको थियो । परालको टौवामा आगलागी भएपछि नजिकै रहेको भुलानटार थारुको घर समेत जोखिममा परेको थियो । तर समयमै स्थानियहरुको सक्रियतामा आगलागी नियन्त्रणमा लिईएपछि ठुलो दुर्घटना टरेको हो ।

१० नं वडका वडा सदस्य ओम प्रकाश वर्णवालका अनुसार स्थानियहरुको सक्रियता तथा समयमै दमकलको उपलब्धताका कारण आगलागी नियन्त्रणमा आएको थियो । दिउँसो २ बजेको समयमा परालको टौवामा सल्केको आयो निभाउन कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरीएको थियो । समयमै आगलागी नियन्त्रणमा आएका कारण थप कुनै भौतीक तथा मानविय क्षती नभएको वर्णवालले जानकारी दिए ।

आगालागीबाट लिखनदास थारुको परालको टौवा खरानी भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

 

Nabintech