३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दुग्ध विकास संस्थानले दुध खरिदमा मिल्क होलिडे लागु गर्यो

किसानको दुध संस्थानले किनेन, भारतिय दुधका कारण नेपाली किसान मर्कामा



कोहलपुर \ दुग्ध विकास संस्थानले किसानको दुध खरिद गर्न छाडेको छ । पाउडर दुध र मख्खनले स्टोर भरिएको र खपत भन्दा बढि मात्रामा दुघ आउन थालेपछि दुध गरिद कोटा प्रणाली लागु गरिएको संस्थानले जनाएको छ । दुग्ध विकास संस्थान नेपालगंज बितरण केन्द्रका प्रमुख योगेन्द्र साहले दैनिक १५ हजार लिटर सम्म दुध खरिद गर्दै आएको भएपनि अवदेखि दैनिक ५ हजार लिटर मात्रै दुध खरिद गरिने जानकारी दिए । उनले गोदामहरु भरिएको र काठमाण्डौ र पोखरामा पठाउदै आएको दुध कटौती गरिएकाले आफुहरु पनि मिल्क होलिडे गर्न बाध्य भएको बताए । उनले दैनिक काठमाण्डौ र पोखरा १० देखि १२ हजार लिटर पठाउदै आएकोमा हाल सो कटौती भएको बताए ।
दुग्ध विकास संस्थानले दुधमा मिल्क होलिडे लागु गरेपछि किसानहरु भने मर्कामा परेका छन । उनिहरुले राज्यले कृषि क्रान्तिको नारा दिएपनि आफैले मिल्क होलिडे लागु गरेर किसान मारा निती लिएको किसानहरु बताउँछन् ।


बाँके जिल्लामा दैनिक १५ हजार लिटर दुध उत्पादन हुदै आएकोमा सो दुध जिल्लामा खपत हुन सम्भव छ । तर, भारतिय सिमा बजार बाट आउने गुणस्तरहीन दुधले नेपाली किसानहरुको दुध बिक्न समस्या भएको दुध किसान सफिक खाँनले बताए । उनले दैनिक हजारौ लिटर भारतिय गुणस्तरहीन दुध नेपालगंजको बजारमा आउने गरेको बताए । भारतिय दुध रोक्नका लागि प्रशासन र सम्वन्धीत निकायले ठोस पहल नगरेको उनको भनाई छ ।
भारतिय दुध रोकिएमा बाँके जिल्लामा उत्पदीत दुध जिल्लामा खपत हुने उनको भनाई छ । उनले संस्थानले मिलक होलिडे गरे आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

Nabintech