२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आइक्यासलाई अनलाईन भूक्तानी अनुमति


कोहलपुर/ नेपालगन्जका युवा ब्यावसायी दीपेन्द्र विष्टले राष्ट्र बैंकबाट अनलाईन भूक्तानीको अनुमति पाएका छन् । उनले आइक्यास नामक कम्पनी बाट अनलाईन भुक्तानीको अनुमति पाएका हुन । आईक्यास अन्य अनलाईन भुक्तानी सेवा जस्तै हो ।
आइक्यास प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक विष्टले आइ क्यास डिजिटल भुक्तानी मार्फत नेपालभरीका सबैले रकम भुक्तानी गर्नसक्ने बताए । आइ क्यास प्राइभेट लिमिटेडले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रुपमा काम गर्ने अनुमति पाएको आइक्यास प्रालिका कार्यकारी अधिकृत पदम भट्टराईले जानकारी दिए ।


आइक्यास प्रालिले भुक्तानी सर्भिस गेटवेको रुपमा मात्र काम नगरी नेपालको आर्थिक साक्षरतालाई अभिबृद्धिका लागि पहल गर्ने अध्यक्ष विष्टले बताए । यसलाई डिजिटल भुक्तानी मात्र नभएर डिजिटल बैकिङ्गको रुपमा आफूहरुले लक्ष्य लिएको आइ क्यासका प्रबन्ध निर्देशक विष्टले बताए । कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार आइक्याश प्रालिले सञ्चालन गर्ने आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेटफर्ममार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ-कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

Nabintech