११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरबाट बाख्रा चोर पक्राउ


कोहलपुर / कोहलपुर प्रहरीले बाख्रा चोर्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाँउपालिका वडा नं। ६ बस्ने २२ वर्षीय हर्ष बहादुर पोख्रेल र बर्दिया बाँसगढी नगरपालिका वडा नं। ६ बस्ने १९ वर्षीय प्रदिप सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले चैत १ गते राती बर्दियाको बढैयाताल गाँउपालिका वडा नं। ३ का स्थानीय दिपक सुनारको गोठबाट २ वटा खसी चोरी गरी कोहलपुर ल्याएका थिए । दुबैजनालाई विशेष सूचनाको आधारमा कोहलपुर नगरपलिका वडा नं। १२ चप्परगौडीबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले दुई वटा खसी बाख्रा र भे१ह ४४४३ नम्बरको अटो रिक्सा समेत बरामद गरेको जनाएको छ ।

Nabintech