४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालद्वारा ओलीसँग एक्लै भेट्न अस्वीकार, धुम्बाराहीमा हुँदै सामूहिक भेट


काठमाडौँ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच वार्ता हुने भएको छ ।

ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही जाने भएका हुन् । ओली पनि सो वार्ताका लागि आफू पक्षीय नेताहरुसहित आउने भएका छन् ।

पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफलको तयारी भएको एमाले स्रोतले जनाएको छ ।

सो छलफलमा ओली पक्षबाट प्रधानमन्त्री समेत रहेका ओली र ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलसहितका नेता सहभागी हुने छन् ।

यस्तै अर्को पक्षबाट नेता नेपाल र झलनाथ खनालसहितका नेता सहभागी हुने तयारी रहेको स्रोतको भनाई छ ।

ओली पक्षले वार्ता हुन लागेको भने पनि नेपाल पक्षले आफ्नो कार्यालय जान लागेको भनेको छ ।

बिहान ११ बजे दुवै पक्षबिच छलफल गर्ने निश्चित भएको नेपाल निकट एक स्थायी कमिटि सदस्यले बताए।

Nabintech