१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा एमाले बाँकेको जिल्ला भेला भोली


भोली सोमबार नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेला हुने भएको छ । एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले दिएको जानकारी अनुसार सोमबार नेपालगंजको सिएसटि होटलमा जिल्ला भेला गर्न लागिएको हो ।

खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन ६५ सदस्यीय जिल्ला कमिटीका बहुमत पदाधिकारी र सदस्य सहित अगुवा कार्यकर्ता भेला गर्न लागिएको हो ।

एमालेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा असोक कोईराला, उपाध्यक्षमा निरक गुरुङ, सचिवमा रत्न खत्री र उप सचिवमा प्रमोद धिताल निर्वाचित भएका थिए ।

सचिव खत्रीका अनुसार सोमबारको जिल्ला भेला कालागी पालिकास्तरमा अगुवा कार्यकर्ता भेला समेत गरिएको छ । आईतबार मात्रै बाँकेको बैजनाथ, खजुरा र जानकीमा अगुवा कार्यकर्ता भेला गरिएको छ ।

भेलामा जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी, नगर कमिटीका पदाघिकारी, वडा कमिटीका , बिभिन्न जनबर्गिय संगठनका का नेता कार्यक्रर्ताका साथै अगुवा कार्यकर्ताको सहभागिता रहने सचिव रत्न खत्रीले जानकारी दिए । नेकपा एमालेकै केपि ओली समुहले पनि जिल्लामा अलग्गै कमिटी निर्माण गरि सकेको छ ।

केपि ओली समुहले समानान्तर गतिबिधी गरेको भएपनि आधिकारीक कमिटी भने अशोक कोईरालले नेतृत्व गरेको कमिटी नै रहेको सचिव खत्रीले बताए ।

Nabintech