कोहलपुर /कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । आईतबार एक समारोहकाबिच नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाईएको छ ।
फागुन २२ गते सम्पन्न संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले जित हासिल गरेको थियो ।