११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा वाईसिएल बाँकेको कार्यालय स्थापना


योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) जिल्ला समिति बाँकेको कार्यालय स्थापना गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठनका रुपमा रहेको वाईसिएलले बाँकेको कोहलपुरमा कार्यालय स्थापना गरेको हो ।

शनिबार एक कार्यक्रमका बिच वाईसिएल नेपाल जिल्ला समिति बाँकेको कार्यालय औपचारीक रुपममा उद्घाटन गरीएको हो । कोहलपुर नगरपालिका ११ मा रहेको सहिद स्मृती प्रतिष्ठानको भवनलाई भाडामा लिएर कार्यालय संचालन गरीएको वाईसिएल बाँकेका सचिव आकाश कार्कीले जानकारी दिए । कार्यालय सुभारम्भसँगै जनजिबिका र संगठनसँग जोडिएका प्रत्यक्ष गतिविधिहरुलाई कार्यालयबाटै व्यवस्थीत रुपमा अगाडी बढाईने कार्कीले बताए ।

कार्यालय स्थपाना भएसँगै संगठन बिस्तारको अभियानलाई तिब्र रुपमा संचालन गरीने वाईसिएल बाँकेका अध्यक्ष सुरज जागाले बताए । युवाहरुलाई संगठित गर्दै माउ पार्टी नेकपा माओवादी केन्द्रमा जोड्ने अभियान संचालन गरीने उनले बताए ।

कार्यलय सुभारम्भ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नरेन्द्र न्यौपाने, अबराज खड्का, रेणुका खड्काका साथै वाईसिएल बाँकेमा आवद्ध युवाहरुको उपस्थिती रहेको थियो ।

 

Nabintech