९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खजुरामा माओवादी केन्द्रको जागरण अभियान


खजुरा/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खजुरा गाउँपालिका कार्यालयको सुभारम्भ गरिएको छ । खजुरा गाउँपालिका वडा नं। ३ मा सम्पर्क कार्यालय सुभारम्भ गरिएको माओवादी केन्द्र खजुराका अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।
कार्यालयको उद्घाटन गदै माओवादी केन्द्रका नेता डम्वर बिक तुफानले बास्तविक क्रान्तिकारी कम्युनिष्ट पार्टीको जागरण अभियान सुरु भएको बताए । उनले गणतन्त्रका लागि बलिदान गरेको, संघियता र धर्मनिरपेक्षता समाबेसी तथा समानुपातिक प्रतिनिधत्वकालागि रगत बगाउने पार्टी माओवादी नै भएको जिकीर गरे ।
उनले समाजवादको लक्ष्य पुरा गर्न एमालेसँग एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्र्ने प्रयास गरिएको भएपनि केपि ओली र ओलि प्रवृत्तिका कारण बिचमै समस्या आएको बताए । केपि ओली कम्युनिष्ट पनि नरहेको र सर्बहारा वर्गसँग कुनै सम्बन्ध नरहेकाले नेकपालाई बिचमै तुहाईदिएको धारणा राखे । उनले जनयुद्धको जगमा बनेको माओवादी केन्द्रको पहलकदमीमा कम्युनिष्टा पार्टी बनाउने अभियान नयाँ ढंगबाट सुरु भई सकेको भन्दै ईमान्दार कम्यनिष्टहरु एकै ठाउमा उभिनु पर्ने धारणा राखे ।
कार्यालय सुभारम्भसंगै जनता र जनजिबिकासँग जोडिएका कार्यहरुलाई व्यवस्थीत रुपमा अगाडी बढाईने माओवादी केन्द्रका नेता धनराम वलीले जानकारी दिए ।
कार्यक्रममा बोल्ने स्थानिय नेता/कार्यकर्ताले पार्टी नेतृत्वले केपि ओलीको पद लोलुप चालबाजी समयमै पहिचन गर्न नसकेको भन्दै आलोचना गरेका थिए । माओवादी केन्द्र खजुरा गाउँपालिका अध्यक्ष राज कुमार बिकले खजुरा गाँउपालिका भरी माओवादी पुनजागरण अभियान सुरु गरेको जानकारी दिए । उनले ईमान्दार कम्युनिष्टहरु माओवादी केन्द्र र हसियाँ हथौडा भित्रै गोलबद्ध रहेको धारणा राखे ।
पार्टी कार्यालयका लागि सहिद डम्बर रानाभाटका भाई नेत्र रानाभाटले आफ्नो घर निशुल्क रुपमा उपलब्ध गराएको अध्यक्ष बिकले जानकारी दिए ।

Nabintech