२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
केपी ओलीले एमाले सिध्याए – प्रदीप नेपाल


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेपालले बताए ।

ओलीले एमाले सिध्याएको नेपालको बुझाइ छ । ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले भने, ”कमसेकम बस्नुपर्छ, कुरा गर्नुपर्छ । आफ्नो कुरा राख्नुपर्छ नि ।’

अध्यक्ष ओलीले पार्टी नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको उनले बताए । ‘उहाँहरु (झलनाथ खनाल, माधव नेपालहरु० लाई अपमान गरे । अब एमाले एउटै हुने सम्भावना नै देख्दिनँ’, नेपालले भने ।

अब एमालेको कुनै गुटमा नरहने पनि उनले बताए । ओलीले खनाल नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका छन् । ओलीको यो कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।
अनलाइनखबर

Nabintech