२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
४ थान हतियार सहित एक बाँके प्रहरीको नियन्त्रणमा


बाँके प्रहरीले राप्तीसोनारी गाउपालिका वडानं. ५ बाट ४ थान हतियार सहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार राप्तीसोनारी–५ जवारपुरका स्थानीय ऋषिराम थारुको घरबाट एकथान बारबोर, २ थान भरुवा बन्दुक, एकथान नालकटुवा र सो बन्दुकमा प्रयोग हुने गोली बारुदलगायतको समाग्री २ किलो सहित थारुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका थारु माओवादी बैद्य समुहका केन्द्रीय सल्लाहकार समिति सदस्य समेत हुन । थारुको घरमा अबैध हतियार लुकाई छिपाई राखिएको सूचनाको आधारमा ईप्रका बैजापुर धामपुरका ईन्चार्ज प्रहरी सहायक निरिक्षक फत्तेसिंह थारुको कमाण्डामा छापा मार्दा सो हतियार बरामद भएको प्रहरी वताएको छ ।

Nabintech