१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्रको कार्यालय उदघाटन


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर संगठन कमिटीको कार्यालयको बिहीवार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
कोहलपुर ११ मा रहेको सहिद स्मृती प्रतिष्ठान रहेको भवन भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिएको नगर सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए ।
कार्यालय सुभारम्भ संगै जनता र जनजिबिका संग जोििडएका कार्यहरुलाई व्यवस्थीत रुपमा अगाडी बढाईने सचिव खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डेले कोहलपुर क्षेत्रको सम्पुर्ण पार्टीगतिबी व्यवस्थीत तवर बाट सञ्चालन गरिने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु बलराम काफ्ले, तुलाराज बिष्ट बिहानी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

Nabintech