३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रहरी कार्यालय कोहलपुरमा ढुङ्गामुढाको प्रयास


सडक दुर्घटनाबाट आफन्तको ज्यान गएपछि उत्तेजित भएको भिडले ईलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोडको प्रयास गरेको छ ।

बिहिबार दिउँसो घटनाको बिरोधमा स्थानियहरूले कोहलपुर चौराहमा चक्काजाम गरेका थिए । ३ घन्टा
बढि चक्काजाम गरेर बिरोधमा उत्रिएका मृतकका आफन्तहरूले ईलाका प्रहरी कार्यालय घेराउ गरेका थिए । त्यस क्रममा आन्दोलनकारिले ईप्रका कोहलपुरमा ढुङ्गामुढा गरेका हुन ।

चक्काजाम पछि ईप्रका कोहलपुर घेर्न आएको समुहले ढुङ्गामुढा गरेको हो । प्रहरी कार्यालय तोडफोडमा उत्रिएको उक्त समुहलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो ।

बुधबार बेलुका ग्यास बोकेको ट्रकले कोहलपुर नगरपालिका ११ विद्घुतचोकमा जयकर्ण मल्ललाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Nabintech