२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रहरी र विद्यार्थी कोहलपुरको सडकमा


कोहलपुर  (बाँके) / इलाका प्रहरी कार्यालय कोहलपुरले विद्यार्थी लक्षित सडक सुरक्षा योजना लागु गरेएको छ । कोहलपुर क्षेत्र विशेष गरी बढ्दो शहरीकरणसँगै बढ्दै गएको सडक दुर्घटनाको जोखिमलाई कम गर्न ‘बिद्यार्थी सहायता सुरक्षा योजना९२०७७’ कार्यान्वयनमा ल्याईएको हो । कोहलपुर नगरपालिका नगरपालिकाका मेयर लुट बहादुर रावत र ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले मंगलबार संयुक्त रुपमा बेलुन उडाएर सडक सुरक्षा योजनाको सुभारम्भ गरेका हुन । कोहलपुर नगरपालिका १० स्थित त्रिभुभन नमुना माद्यामिक विद्यालय अगाडीको जेब्राक्रशबाट बेलुन उडाएर सुरु गरीएको सडक सुरक्षा योजना अन्तर्गत कोहलपुर बजार क्षेत्रका बिभिन्न बिद्यालयहरुमा दैनिक बिहान ९ बजे देखि १० बजेसम्म र दिउँसो ३:३० देखि  ४:३० बजेको समय यो योजना लागु गरिने भएको छ । त्यस समयमा विद्यार्थीहरु बिद्यालय जाँदा र फर्किदा बढि मात्रामा सडक प्रयोग गर्नुपर्ने र सोही समयमा सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै ‘बिद्यार्थी सहायता सुरक्षा योजना९२०७७’ लागु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Nabintech