२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरको बृहद कार्यकर्ता भेला सम्पन्न

सर्वहारा बर्गसंग जोडिएका जनजिविकाका सवाललाई पार्टीले दह्रोसंग समात्नु पर्नेमा जोड



कोहलपुर (बाँके)/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरको बृहद कार्यकर्ता भेला मंगलवार कोहलपुरमा सम्पन्न भएको छ । भेलाले समाजबादको लक्ष्य पुरा गर्न प्रगतिशिल बामपन्थी शक्तिहरुको नयाँ सिरा बाट बृहत एकता गर्दै अगाडि बढने निर्णय गरेको नगर सचिव बल बहादुर खड्काले जानकारी दिए । उनले कम्युनिष्ट पार्टीको एउटै केन्द्र निर्माण गर्न ३ बर्ष अघि थालिएको अभियान केपि ओलीको सत्ता स्वार्थमा पुगेर रोकीएको बताए । कार्यकmर्ता भेलालाई सम्बोधन गदै नेता असोक रोकायले बलिदान पुर्ण माओवादी आन्दोलनको रक्षा र बिकास गर्दै समाजबादको लक्ष्य पुरा गर्न अबिचलीत भएर लाग्न कार्यक्रर्ता लाई निर्देशन दिए । कार्यक्रममा नेता प्रकास सुबेदी , ओम प्रकास केसी , नरेन्द्र न्यौपाने , नरेन्द्र पाण्डे लगायतले बोलेका थिए ।
अदालतले पुर्ववत पार्टी माअ‍ोवादी केन्द्र र एमाले व्युताईदिएपछि माओवादी केन्द्रको पहिलो भेला भएको हो ।
भेलामा बोल्दै कार्यकर्ताहरुले क्रान्तिकारी बिचार सहितको पार्टी निर्माण गरेर जान सुझाव दिएका थिए । उनिहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपती सहितको शासकिय स्वरुप र सर्वहारा बर्गसंग जोडिएका जनजिविकाका सवाललाई पार्टीले दह्रोसंग समात्नु पर्नेमा जोड दिए ।
भेलाले कार्यकर्तामाझ जानका लागि १ महिने अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको सचिव बल बहादुर खड्काले जानकारी दिए ।

 

Nabintech